For more information click here
नेपालगञ्जमा शनिवार आयोजित नेपालगञ्ज चित्रकार प्रतियोगितामा स्प्रिङडेल एकेडेमी नेपालगञ्जका खेमराज थापा उत्कृष्ट चित्रकार बनेका छन् ।
क्रियटिभ स्टुडेन्टस् क्लव, वेस्ट जोन इङ्गलिस मिडियम हाई स्कुल नेपालगन्जको आयोजनामा भएको प्रतियोगितामा ४६ जनालाई पछाडि पार्दै स्प्रिङडेलका थापा उत्कृष्ट चित्रकार भएका हुन् ।
नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा आदर्श मावि राँझाकी कौशिल्या शाहु द्वितिय, जय बागेश्वरी माविकी श्वेता पटेल तृतीय, वेस्ट जोनका प्रतीक ज्ञवाली चौथो र जय बागेश्वरी माविकी स्वस्तिका पन्त पाँचौ भएकी छिन् ।
प्रतियोगिताको निर्णायकमा वरिष्ठ चित्रकार श्यामानन्द सिंह र विष्णु कुमाल रहेका थिए ।
प्रतियोगितामा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगतामा प्रथम हुनेलाई ५ हजार, द्वितियलाई ३ हजार, तृतीयलाई २ हजार र चौथो तथा पाँचौ हुनेलाई सान्त्वना ५ / ५ सय रुपैया नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष बसन्त बस्नेतले बताए ।
उत्कृष्ट चित्रकारलाई प्रमुख अतिथि नेपालगन्ज उपमहानगर शिक्षा प्रमुख मनप्रसाद रेग्मीले नगद पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए, अतिथि वेस्ट जोन स्कूलका प्रवन्धक कमान सिंह बोहोरा, मोर्डन पब्लिक माविका प्राचार्य खड्गबहादुर बोहोराले मन्त्व्य राखेका थिए ।