काठमाडौंमा सम्पन्न १७ औं एलए अन्तर स्कुल पौडी प्रतियोगितामा नेपालगंजको स्प्रीङडेल एकेडेमीले विभिन्न ६ पदक जितेको छ । नेपालगञ्जबाट जहाज चढेर गएका विद्यार्थीहरुले एक स्वर्ण सहित ६ पदक जितेका हुन् । यो उपलव्धिले अवसर पाउने होभने काठमाडौं बाहिरका विद्यार्थी पनि राष्ट्रिय प्रतियोगितामा सफल हुन सक्छन् भन्ने उदाहरण दिएको छ ।
२५ मिटर ब्याकस्ट्रोकमा अमीत रावलले पहिलो भएर स्वर्ण पदक थापे भने शनिवार र आईतबार भएको दुई दिने प्रतियोगितामा रावल संगै सुवेश घर्ति र सुप्रीया रावलले फ्रीस्टाइलमा रजत, अमित र सुवेसले नै फ्रीस्टाइलमामै कास्य र अजय परियार, सुवेश घर्ति, खेमराज थापा र रेजन विष्टको टोलीले रिलेमा कास्य पदक चुमेका छन् ।
प्रतियोगितामा आˆना विद्यार्थीको उपस्थिती उनीहरुले गरेको मेहनेतले दिएको सफलताले विद्यार्थीमा थप लगानी गर्नु पर्छ भन्ने अनुभूति बढाएको सञ्चालक हिक्मत रावलले बताउनु भयो । ‘हाम्रा विद्यार्थी काठमाडौंका नाम चलेका महागा स्कुलका विद्यार्थीसंग खरो रुपमा उत्रिए, यो नै हाम्रो लागि एक प्रकारको विजय हो, उत्साह हो’ रावलले भन्नु भयो, ‘आउंदा दिनमा हामी पढाईका अलावा यस्ता अतिरिक्त कृयाकलापमा थप लगानी र ध्यान दिन्छौं ।’
आˆनो विद्यालयमा पौडी पोखरी नभए पनि नजिकैको होटलको पोखरी भाडामा लिएर सिकाउंदै आएको थियो । पौडी प्रति विद्यार्थीको रुची देखेरै विद्यालयले पौडीका अन्र्तराष्ट्रिय खेलाडी चन्ऽ चौधरीलाई प्रशिक्षक नियुक्त गरेको छ । प्रतियोगितामा सहभागी हुन बसबाट जांदा विद्यार्थी थाक्लान् भनेर जहाज चढाएर लगेको रावलको भनाई छ । र्फकदा उनीहरु बसबाट आएका छन् ।
उक्त प्रतियोगितामा लिंकन स्कुलले उपाधि जितेको छ भने राजश्री गुरुकुल दोश्रो र आयोजक लिटिल एञ्जेल्स तेश्रो भएका छन् । प्रतियोगितामा विभिन्न ६१ विद्यालयबाट ५० प्रतिस्पर्धामा ३ सय विद्यार्थी सहभागि थिए ।
Click here for more information !!!